घण्टौँको बाटो अब मिनेटमै: गुल्मीमा झोलुङ्गे पुल निर्माण
- Tuesday Dec 09 2025
- | 461 Read
Share News

२३ मङ्सिर २०८२, गुल्मीमा भौगोलिक दूरी घटाउने उद्देश्यले विभिन्न स्थानमा झोलुङ्गे पुलहरू निर्माण भएपछि स्थानीयको दैनिक आवत–जावत निकै सहज भएको छ।मालिका–५ छापहिले लाकुरी र वडा–२ चुत्राबोट जोड्ने ३७५ मिटर लामो पुल बनेपछि करिब २ घण्टाको दूरी अब केही मिनेटमै पार गर्न सकिन्छ। २ करोड ३ लाख ४० हजार लागतमा तयार भएको यो जिल्लाको सबैभन्दा लामो पुल हो।धुर्कोट–५ र इस्मा–६ जोड्ने ३७० मिटरको अर्को पुल १ करोड ८९ लाखमा बनेको छ, जसले विचित्र गुफातर्फ जाने पर्यटक आवागमनलाई सहज बनाएको छ।रेसुङ्गा–२ उदिनढुंगा र वडा–७ लसुने डाँडा जोड्ने ३५७ मिटरको नमूना पुल बनेपछि २० मिनेट लाग्ने पैदल यात्रा अब २ मिनेटमै छोटिएको छ।त्यस्तै रेसुङ्गा–७ भुजलखर्क र वडा–९ जोड्ने झोलुङ्गे पुल पनि सञ्चालनमा आएपछि ३० मिनेटको बाटो केही मिनेटमै पार गर्न सकिने भएको छ।

For Add Product Review. You Need To Login First Login Page
-
LATEST
-
POPULAR


















