Thursday 01-10-2026

चुनावको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई राष्ट्रपतिको सुझाव

Logo
Satyapana
  • Sunday Dec 14 2025
  • | 298 Read

Share News

चुनावको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई राष्ट्रपतिको सुझाव

२८ मंसिर, २०८२। राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको फागुन २१ गतेको निर्वाचनको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव दिनुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१÷२०८२ को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले यस्तो सुझाव दिनुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

उहाँले सो चुनावलाई प्रभावित नुहने गरी काम गर्न पनि सरकारलाई सुझाव दिनुभयो । राष्ट्रपति पौडेलले अघिपछि भन्दा अत्यन्त तदारुकताका साथ सुरक्षा व्यवस्थामा ध्यान दिन नेपाली सेनासहितका सुरक्षा निकायलाई निर्देशन दिनुभएको थियो ।

सो अवसरमा राष्ट्रपति पौडेल समक्ष प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष सुशील कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१÷२०८२ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

राष्ट्रपति पौडेलले वर्तमान अवस्थामा थपिएका तथा भविष्यमा आइपर्ने सुरक्षा चुनौतीहरुसमेत आँकलन गरी राष्ट्रिय सुरक्षा परिषद्ले आगामी दिनमा आफ्नो जिम्मेवारी अझ प्रभावकारी रुपमा निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।


For Add Product Review. You Need To Login First Login Page